किशोरसिंह राठौरले फिर्ता लिए कांग्रेस सभापतिको उम्मेदवारी

Oct 07, 2026 03:16 PM Merolagani



नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्।

 

मंगलबार सभापति पदमा उम्मेदवारी दिएका राठौरले बुधबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि राठौरसँगै गगनकुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका थिए।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।