शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको उक्त बस विद्यार्थी तथा अन्य यात्रु लिएर पोखरा महानगरपालिका–२८ माझथानाबाट फर्कने क्रममा ओख्लेभीर भन्ने स्थानमा सडकबाट खसेर दुर्घटनामा परेको थियो । दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उद्धार कार्य अघि बढाउँदै घाइतेहरूलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएका थिए ।
दुर्घटनास्थलबाट उद्धार गरी ल्याइएका कुल १७ जनामध्ये पाँच जनालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनामध्य एकको अवस्था गम्भीर रहेकाले उनलाई आईसीयूमा राखेर सघन उपचार गरिँदैछ । बाँकी घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले पुष्टि गरेको छ ।