जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा राजमार्गको दुवैतर्फको आवागमन अवरुद्ध भएको हो।
उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ। सडक थप भासिँदै गएपछि जोखिम बढेको छ। सडक अवरुद्ध हुँदा पृथ्वीराजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।