पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

Oct 14, 2026 11:25 AM Merolagani



पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने भएका छन्। देशमा भर्खरै भएको प्राकृतिक विपत्तिका कारण उनले यस पटक विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका हुन्।

निर्मल निवासस्थित संवाद सचिवालयले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण देशमा ठूलो जनधनको क्षति भएको र हजारौँ नागरिक विस्थापित भएको असहज परिस्थितिलाई ध्यानमा राखेर यस वर्षको दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको जानकारी दिएको छ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिमपहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल वर्षाका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ।’ सचिवालयद्वारा जारी सूचनामा भनिएको छ।

यसका साथै, सचिवालयले विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने पूर्वराजाको परम्परागत कार्यक्रम यस वर्ष नरहने स्पष्ट पारेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति संवेदनशीलता प्रकट गर्दै उनले टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेका हुन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।