हुन्डाईले दशैंमा ९ स्थानमा निःशुल्क गाडी जाँच गर्ने

Oct 15, 2026 02:43 PM Merolagani



हुन्डाई गाडी प्रयोगकर्ताले दशैंमा लामो दूरीको यात्रा सुरक्षित बनाउन देशका विभिन्न ९ स्थानमा निःशुल्क सवारीसाधन जाँच तथा लुब्रिकेन्ट र कुलेन्ट टपअप सुविधा पाउने भएका छन् ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हाइवे एस्योरेन्स’ कार्यक्रमअन्तर्गत असोज २८ देखि ३१ गतेसम्म (अक्टोबर १४–१७) बिहान १० देखि साँझ ६ बजेसम्म सेवा उपलब्ध गराउने जनाएको छ ।

 

‘ड्राइभ होम विथ कन्फिडेन्स’ नारासहित सञ्चालन हुने कार्यक्रममा २६ बुँदामा गाडीको निःशुल्क जाँच गरिनेछ । कम्पनीले पेट्रोलियम इन्धनबाट चल्ने गाडीका साथै विद्युतीय गाडी (ईभी) प्रयोगकर्तालाई लक्षित गरी तोकिएका स्थानमा चार्जिङ सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।

कार्यक्रमअन्तर्गत बिर्तामोड, जनकपुर, हेटौंडा, भरतपुर, बुटवल, बाँके, इच्छाकामना, डुम्रे र इटहरीमा सेवा उपलब्ध हुनेछ । दशैंमा लामो दूरीको यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गरी सम्भावित प्राविधिक समस्या कम गर्न कार्यक्रम उपयोगी हुने कम्पनीको अपेक्षा छ । 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।