अघिल्लो कारोबार दिन अर्थात बुधबार ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.८२ अंक घटेर २६६०.२३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१७ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ७७ स्टकको १३९ पटकको कारोबारमा ५२ लाख २५ हजार ३५७ रुपैयाँ ५० पैसाबराबरको ११ हजार ८४७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी १६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।