सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

Nov 04, 2026 02:58 PM Merolagani



सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताए ।

बिहीवार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकले यसअघि अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा मात्र बुझ्नुपर्ने बताए । उनले बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले मोबाइल लगेको हो ? भनि सञ्चारकर्मीले सोधेको विषयमा अनभिज्ञता प्रकट गरे । उक्त विषय बाहिर आएको हल्ला मात्र भएको उनको भनाइ छ ।

उनले भने,‘बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाही गरिएको रुपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा आउनुभएको छ । नयाँ आईजीपी आउनुभएको छ । यसमा आवश्यक के गर्नुपर्ने हो उहाँले गरिहाल्नुहुन्छ । इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन । बाहिर आएको हल्ला हो । यदि रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ ।’

हालका आईजीपी कार्कीलाई सरकारले प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।




सुन र चाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Oct 30, 2026 10:45 AM

कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।