कम्पनीले आयोजना प्रवर्द्धक दूधकोशी हाइड्रोपावर प्रालिले प्रस्ताव गरेको आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाउँदै लगानीसम्बन्धी जानकारी गराएको छ।
आँखुखोला जलविद्युत् कम्पनीको २०८३ कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आयोजनामा लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको पत्रमा उल्लेख छ।
आयोजनाको विस्तृत परियोजना विवरण अध्ययन गर्दा लगानी र प्रतिफलको हिसाबले उपयुक्त देखिएकाले अंकित मूल्यमा १०० करोड रुपैयाँसम्म लगानी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ बमोजिम उक्त जानकारी सार्वजनिक गरेको हो।
७० मेगावाट क्षमताको दूधकोशी–२ जलाशययुक्त आयोजना कार्यान्वयनमा आएमा जलविद्युत् क्षेत्रमा आँखुखोला जलविद्युत् कम्पनीको लगानी विस्तार हुनेछ।