यसको प्रभावका कारण देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। तराईका भूभाग, उपत्यका तथा खोँचका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक(दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।