प्रधानमन्त्री बालेन मंसिर ६ र ७ गते भारत भ्रमणमा जाने, मोदीसँग एक्लाएक्लै वार्ता गर्ने

Nov 17, 2026 01:41 PM merolagani



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन्।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्नेछन्। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

भ्रमणका क्रममा नेपालले भारतसँग आर्थिक सहयोग विस्तारको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र नेपालका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषय पनि छलफलको मुख्य एजेन्डामा रहनेछन्।

विशेषगरी अन्तर्राष्ट्रिय उडानलाई सहज र प्रतिस्पर्धी बनाउन थप हवाई प्रवेशमार्गको उपलब्धता महत्वपूर्ण मानिएको छ। यस विषयमा भारतीय पक्षसँग ठोस छलफल गर्ने नेपालको तयारी छ।

भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफलबाट नेपाल–भारत आर्थिक तथा हवाई सम्पर्क विस्तारमा नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।