महादेवटार सुरुङको ब्रेक थ्रु, फास्ट ट्र्याकको सबैभन्दा लामो सुरुङ छिचोलियो

Nov 18, 2026 11:26 AM Merolagani



तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको ब्रेक थ्रु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार सुरुङ छिचोल्ने कार्य सम्पन्न भएको हो ।

सुरुङको ब्रेक थ्रु कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बिहान हेलिकप्टरमार्फत मकवानपुरको महादेवटार पुगेका थिए ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेको छ । उक्त सुरुङले द्रुतमार्गको सडक खण्डलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

 

तराई–मधेश द्रुतमार्गमा निर्माण भइरहेका सातवटा सुरुङमध्ये महादेवटार सुरुङ सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङ हो । यसको लम्बाइ ३.४४५ किलोमिटर रहेको छ ।

महादेवटार सुरुङको ब्रेक थ्रुसँगै फास्ट ट्र्याक निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।