सरकारलाई गगनको चेतावनी–‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

Nov 24, 2026 04:03 PM Merolagani



नेपाली काँग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

मंगलवार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाएका हुन्। सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उनले बताए । उनले त्यसबाट आफू नडराउने बताएका हुन् ।

उनले आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिए । राजाको शासनकालमा समेत राजद्रोहको मुद्दा खेपेको उल्लेख गर्दै उनले कसैले तर्साउँदैमा आफू तर्सिने पक्षमा नरहेको बताए । उनले माओवादी सशस्त्र द्वन्द्वकाल र ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको बताए ।

शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने भएपनि आफू पछि नहट्ने उनको भनाई छ । उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोप समेत लगाए ।

उनले भने, ‘अहिले पनि साथीहरूले बेलाबेलामा सम्झाउनुहुन्छ, ‘ए सरकार एकदम कडा छ, सरकार एकदम लोकप्रिय छ, सरकार एकदम शक्तिशाली छ, प्रश्न गर्यो भने तल–माथि हुन सक्छ ।’ अनि अलिकति प्रश्न गर्न सुरु गरेको साच्चिकै साथीभाइहरू यसो तल–माथि कथा–पटकथा, अडियो–भिडियो सबै आउन थाले । अनि साथीहरूले भन्नुभयो, ‘तपाईँलाई पोखरा लैजाला, तपाईँलाई समात्ला ।’ अनि मैले पोखरा समात्ला भन्ने साथीहरूलाई भनेको छु, ‘पकड़ने’ साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात चाहीँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न । यत्ति कुरा मात्रै हो । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।’

उनले दोषीलाई कारबाही गर्ने कुरामा आफुहरु सरकारसंगै रहेपनि राजनितिक प्रतिशोध साँधे प्रतिकारमा उत्रिने चेतावनी दिए । उनले सत्ता निकटलाई उन्मुक्ति दिने र अरुलाई मात्रै कारबाही गर्ने प्रवृत्ति मान्य नहुने उनको भनाई छ । राज्यले विगतका कमजोरीबारे गरिरहेको अनुसन्धानमा काँग्रेसले कुनै अवरोध नगर्ने बताउँदै उनले अनुसन्धान कानूनअनुसार हुनुपर्ने बताए । तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने बताए ।

उनले भने, ‘सरकारले कतिपय विषयका सन्दर्भमा अहिले राज्यले अनुसन्धान गरिरहेको छ । नेपाली काँग्रेस पार्टी प्रस्ट छ । हामी त लामो समयदेखि भन्दै आएको, कि हामी नेता पनि भन्दैनौँ, नाता पनि भन्दैनौँ। तर एउटा कुरा स्मरण गराउँछौँ। हिजो नेपाली कांग्रेस पार्टीका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुँदै गर्दा, त्यो बेलामा कांग्रेसभित्र हामीहरू के भन्थ्यौँ ? कि कोही मान्छे कांग्रेस भएको कारणले गर्दा वा शेरबहादुर देउवाको नजिक भएको कारणले गर्दा छुट पाउनु हुँदैन । विधिको शासनले जे भन्छ, त्यो गर्नुपर्छ । हिजो केपी ओली प्रधानमन्त्री हुँदै गर्दा हामी के भन्थ्यौँ ? कोही मान्छे केपी ओलीसँग नजिक भएको कारणले गर्दा उसले छुट पाउनु हुँदैन, कोही मान्छे एमाले भएको कारणले गर्दा छुट पाउनु हुँदैन । आज हामीले भन्नुपर्दैन ? कोही मान्छे प्रधानमन्त्री बालेन साहसँग नजिक भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन अहिले हामीले ? कोही मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीको भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन हामीले ? नेपाली कांग्रेस पार्टी कुनै पनि अनुसन्धानमा अवरोध गर्दैन । मेरो होला, अर्काको होला, जोसुकैको होला । विधि कानूनले जहाँ अनुसन्धान गर्नुपर्छ भन्छ, त्यहाँ अनुसन्धान हुन्छ । कानूनले जसको अनुसन्धान गर्नुपर्छ भन्छ, त्यसको अनुसन्धान हुन्छ । तर यी सबै कुराहरू पोलिटिकल अपोनेन्टलाई तह लगाउनका निम्ति राज्यका संयन्त्रहरू प्रयोग गर्ने कुराहरूका सन्दर्भमा हाम्रो प्रश्न रहन्छ । त्यहाँभित्र हामी उत्तर खोज्छौँ, त्यहाँभित्र हामी जवाफ खोज्छौँ । राज्यका संयन्त्रहरूको दुरुपयोग भएको ठाउँमा हाम्रो प्रश्न रहन्छ, हामी त्यहाँ उत्तर खोज्छौँ । राज्यका संयन्त्रलाई प्राइभेट कम्पनीजस्तो चलाउन खोज्दै गर्दा हाम्रो प्रश्न रहन्छ, हामी जवाफ खोज्छौँ । नेपाली काँग्रेस यी विषयहरूमा बोल्छ, बोल्नुपर्छ । आफ्नो कुराहरू उठाउँदै गर्दाखेरि नेपाली कांग्रेस पार्टीलाई घाटा हुन्छ, नाफा हुन्छ, साथीहरूले भन्नुहुन्छ । यो धेरै नाफा घाटाको कुरा गर्ने हो भने त कांग्रेसमै रहँदैन । यी सबै कुराहरूमा घाटा कहाँ हुन्छ, नाफा कहाँ हुन्छ हेर्ने होइन । हामीले सत्य के हो, न्याय के हो, हाम्रो कर्म के हो त्यो ठाउँमा कांग्रेसले उभ्याउने हो । नाफा–घाटा भए हुन्छ, नभए हुँदैन ।’

उनले काँग्रेसले सरकारका राम्रा काममा साथ र सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने स्पष्ट पारे। सरकारमा रहेका व्यक्तिहरूले कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर आफ्नो आलोचनात्मक भुमिका कमजोर बनाउन खोजे त्यो प्रयास सफल नहुने उनको चेतावनी छ ।




सुनचाँदीको मूल्यमा भारि गिरावट

Nov 20, 2026 10:45 AM

मंसिर ४ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि गिरावट भएको छ। यसदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी तोलाको २२५ रुपैयाँले घटेको हो ।