बैंकले ‘Excellence in Cross-Border Business’ र ‘Excellence in Consumer Credit Cards Business Principal Client’ विधामा सम्मान प्राप्त गरेको हो। बैंकले लगातार तीन वर्षदेखि यी सम्मान प्राप्त गर्दै आएको जनाएको छ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार, सीमापार कारोबार प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामा हासिल गरेको व्यावसायिक उत्कृष्टताको कदर गर्दै बैंकलाई सम्मान गरिएको हो।
कुमारी बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीलाई प्राथमिकता दिँदै ग्राहकलाई सुरक्षित र सहज वित्तीय सेवा प्रदान गर्दै आएको छ।

२५ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर र ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।