पोखरामा स्मार्ट होम उपकरणसहितको नयाँ शाओमी एक्सक्लुसिभ स्टोर सञ्चालनमा

Nov 25, 2026 03:14 PM Merolagani



शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। टेलिडाइरेक्ट प्रालिद्वारा सञ्चालित उक्त स्टोरमा स्मार्टफोनदेखि स्मार्ट होम उपकरणसम्मका विभिन्न सामग्री उपलब्ध हुनेछन्।

स्टोरमा स्मार्टफोन, एसेसरिज, स्मार्ट टीभी, किचन एप्लायन्स, पर्सनल केयर प्रोडक्ट, एयर ट्रिटमेन्ट सोलुसन र मनिटरलगायतका सामग्री एकै ठाउँमा राखिएको छ।

नेपालमा शाओमी होम एप्लायन्स तथा साना घरेलु उपकरणको एकमात्र आधिकारिक वितरक टेलिडाइरेक्टले आगामी वर्षहरूमा एआईओटी प्रोडक्ट, फ्रिज, वासिङ मेसिन र एयर कन्डिसनरसहितका सामग्री थप्ने योजना बनाएको जनाएको छ।

टेलिडाइरेक्टका कार्यकारी निर्देशक सञ्जय अग्रवालले पोखराको स्टोर शाओमीलाई स्मार्टफोनभन्दा बाहिर विस्तार गर्दै स्मार्ट जीवनशैलीसँग जोड्ने महत्वपूर्ण कदम भएको बताएका छन्। कम्पनीले आगामी दिनमा नेपालका अन्य स्थानमा पनि यस्ता एक्सक्लुसिभ स्टोर विस्तार गर्ने लक्ष्य राखेको छ।