बैंकले गत आर्थिक बर्षमा एक करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रस्तावीत लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । प्युठान एक जिल्ला मात्र कार्यक्षेत्र भएको गौमुखी विकास बैंकको चुक्ता पूँजी ६ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । बोनस शेयरपश्चात बैंकको चुक्तापूँजी ७ करोड ५४ लाख रुपैयाँ पुग्नेछ ।
गत असोजमा बैंकले १ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकसंग मर्ज हुदै
यो बैंकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक (SHINE) संग मर्जरको लागि सम्झौता समेत गरिसकेको छ । चुक्ता पूँजी ६३ करोड ३३ लाख रुपैयाँ रहेको शाइन रेसुङ्गाले आर्थिक बर्ष को नाफाबाट २०७१/०७२ मा २७ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागी १.४२ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । सो पश्चात बैंकको चुक्ता पुँजी ८० करोड ४३ लाख हुनेछ ।
ड्यू डेलिजेन्स अडिट (डिडिए) पश्चात नेटवर्थ समेतको आधारमा सेयर आदानप्रदान (स्वाप) रेसियो निर्धारण गरिनेछ । मर्जर पश्चात बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक हुनेछ । मर्जर पश्चात निक्षेप ७ अर्व ६ करोड र कर्जा लगानी ६ अर्व ५ करोड पुग्नेछ भने केन्द्रीय कार्यालय, कर्पोरेट कार्यालय, सहित २१ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन कार्यालय हुनेछन् ।
....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।