३० वाणिज्य बैंकको निक्षेप संकलनमा १ वर्षमा देखिएको वृद्धि यस्तो, कसको निक्षेप कति बढ्यो ?

Feb 25, 2016 Mero Lagani

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन १५ खर्ब ४३ अर्ब ७५ करोड ७० लाख रुपैया पुगेको छ । वाणिज्य बैंकहरुले निकालेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विबरण अनुसार निक्षेप संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा अढाई खर्ब रुपैंयाभन्दा बढीले उकालो लागेको हो । यस क्रममा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको निक्षेप संकलन सबैभन्दा धेरै बढेको छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ६० अर्व ११ करोड ३९ लाख रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० वटा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन १२ खर्ब ८३ अर्व ३६ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।

सबैभन्दा धेरै निक्षेप संकलन गर्ने ५ बैंकहरु

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सबैभन्दा बढी निक्षेप संकलन राष्ट्रिय वाणिज्य बैंक (RBB) ले गरेको छ । बैंकले पुस मसान्तसम्मा १ खर्ब २८ अर्व ४२ करोड ३६ लाख रुपैंया निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब २ अर्ब ५४ करोड २० लाख रुपैंया निक्षप संकलन गरेको थियो । समिक्षा अवधिमा वाणिज्य बैंकले झण्डै २७ अर्ब रुपैंयाले निक्षेप संकलन बढाएको हो ।

त्यसै गरि सबैभन्दा धेरै निक्षेप संकलन गर्नेको दोस्रो नम्बरमा नबिल (NABIL) बैंक रहेको छ । नबिल बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्व ८ अर्व ३७ करोड २५ लाख रुपैंया रुपैया निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८८ अर्ब ७७ करोड २२ लाख रुपैंया निक्षप संकलन गरेको थियो ।

सुचीको तेस्रो स्थानमा नेपाल इनभेष्टमेन्ट बैंक (NIB) रहेको छ । इन्भेष्टमेण्ट बैंकले चालु आर्थिकको पुस मसान्तसम्ममा ९८ अर्व ८ करोड १२ लाख रुपैयाँ निक्षेप सकंलन गरेको छ । त्यसै गरि चौथो स्थानमा रहेको कृषि विकास बैंक (ADBL) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८२ अर्व ५४ करोड ९ लाख रुपैया निक्षेप संकलन गरेको छ । पाँचौ स्थानमा रहेको हिमालयन बैंक (HBL) ले पनि पुस मसान्तसम्ममा ८१ अर्व १३ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

सबैभन्दा थोरै निक्षेप संकलन गर्ने पाँच बैंकहरु

सबैभन्दा थोरै निक्षेप सकैलन गर्ने बैंकमा ग्राण्ड (GRAND) बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ अर्व ४३ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । दोस्रो स्थानमा रहेको लुम्बिनी बैंक (LUBL) ले पुस मसान्तसम्ममा २० अर्व ८४ करोड ९१ लाख रुपैंया निक्षप संकलन गरेको छ । तेस्रो स्थानमा रहेको जनता बैंक (JBNL) ले २३ अर्व १३ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । चौथो स्थानमा रहेको मेगा (MEGA) बैंकले २३ अर्व ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने पाँचौ स्थानमा रहेको सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले २४ अर्व ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

................................................................................................................................................................ 

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।