माथिल्लो तामाकोशीको प्रशारण लाइन निर्मार्णमा देखिएको समस्या सुल्झियो, आयोजना अघि बढाउन सहज

Mar 25, 2016 RSS



माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा देखिँदै आएको समस्या समाधान भएको छ । लामो समय रूख कटान विवादले रोकिएको प्रशारण लाइनको काम सरकारले रुख काट्न अनुमति दिएपछि आयोजना अघि बढाउन सहज भएको वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

प्रसारण लाइन क्षेत्र र आरक्ष क्षेत्रअन्तर्गत पर्ने २७ वटा सामुदायिक वनका चार हजार ३४१ रूख कटान गर्नुपर्नेछ । दुई वर्षदेखि रूख कटानको विषयमा आवश्यक निर्णय हुन नसक्दा आयोजनाको प्रसारण लाइन निर्माणमा बाधा पुगेको थियो ।

आयोजनाले एक वर्षभित्र सट्टा जग्गा उपलब्ध गराउने र वृक्षारोपण गर्ने प्रतिबद्धता जनाएपछि समस्या सुल्झिएको हो । रुख कटानका लागि स्वीकृति दिएपछि हाल आयोजना, वन विभाग र आरक्षबीच सम्झौताको तयारी गरिएको छ । त्रिपक्षीय सम्झौतापछि आयोजनाले रूख काटन सुरु गर्नेछ ।

उनले तत्काल सम्झौता प्रक्रियाले तार्किक निष्कर्ष पाउने र रूख कटान कार्य अगाडि बढाउने बताए । कुल १२७ वटा टावरमध्ये सामुदायिक वन क्षेत्रमा पर्ने ६० वटा टावरको काम अगाडि बढाउने मार्ग खुलेको उनले बताए । रूख काटेपछि सामुदायिक वन क्षेत्रभित्र आयोजनाले करिब ६० हजार बिरुवा वृक्षारोपण गर्नुपर्नेछ ।

आयोजनाले २३ वटा टावर पूर्णरुपमा निर्माण सम्पन्न गरिसकेको छ भने ७० वटाको जग खन्ने काम जारी छ । आयोजनाबाट उत्पादन हुने विद्युत् डबल सर्किट २२० केभी प्रसारण लाइनमार्फत राजधानीमा जोडिनेछ । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसी इन्टरनेसनले काम गरिरहेको छ । रासस

 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

 



पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।