सोमबार वित्तिय विवरण सार्वजनिक गर्ने विकास र्बैकमा कसको प्रगति कस्तो ?

May 09, 2016 Mero Lagani

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा अधिकास विकास बैंकको मुनाफामा सुधार देखिएको छ । सोमबार वित्तिय विवरण प्रकाशित गरेकामध्ये विराटलक्ष्मी विकास बैंक बोहक सबै बैंकको खुद मुनाफा बढेको छ ।

 

ज्योति विकास बैंक (JBBL) को नाफा ८ करोड

ज्योति विकास बैंकको तेस्रो त्रैमासमा ८ करोड २० लाख रुपैयाँ मुनाफा कमाएको छ । गतबर्ष वर्षको सोहि अवधि भन्दा बैंकले ५ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकले ७ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ संकलन गरी ५ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रोभिजनमा ८ करोड ७६ लाख रुपैयाँ राखिएको छ भने ३ करोड ५४ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ११ दशमलव ८५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात १४ दशमलव २६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव ७६ रुपैयाँ र तरलता अनुपात ३४ दशमलव ६२ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा ३ दशमलव ४० प्रतिशत र जोखिम युत्त सम्पत्ति १५ दशमलव २८ प्रतिशत रहेको छ ।

 

सप्तकोशी डेभलपमेन्ट बैंक (SKDBL) को नाफा २८ लाख

सप्तकोशी डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा २८ लाख रुपैयाँ कमाएको छ । बैंकले गत वर्षको सोहि अवधिमा २१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

बैंकले ६० करोड ५४ लाख रुपैयाँ संकलन निक्षेप संकलनगरी ४९ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले प्रोभिजनमा १ करोड १३ लाख रुपैयाँ राखिएको छ भने ७१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको निष्कृय कर्जा १ दशमलव ३१ प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १८ दशमलव ९० प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी २ दशमलव ८९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १ सय ९ दशमलव १९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ८ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात ४० दशमलव ०३ प्रतिशत रहेको छ ।

 

बिराटलक्ष्मी बिकास बैंक (BLDBL) को ४ करोड ७४ लाख

बिराटलक्ष्मी बिकास बैंकले तेस्रो त्रैमासमा ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनाभन्दा बैंकको नाफा साढे २२ प्रतिशतले घटेको हो । गतबर्ष बैंकले यसैअवधिमा ६ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफा घटेपनि बैंकको बैंकको निक्षेप तथा कर्जा बढेको छ । यसअवधिमा बैंकले ४ अर्ब ६६ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८६ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनाभन्दा ४ दशमलव ३० प्रतिशतले वृद्धि हो । बैंकको खुद व्याज आम्दानी बढेपनि संचालन मुनाफा घटेपछि नाफा घटेको हो ।
बैंकले प्रोभिजनमा २ करोड ५३ लाख रुपैयाँ राखिएको छ । बैंकको तेस्रो त्रैमासमा प्रति शेयर आम्दानी वार्षिक १४ दशमलव ८८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात २६ दशमलव २१ गुणा रहेको छ । बैंकको निष्कृय कर्जा २ दशमलव ७३ प्रतिशत रहेको छ ।

 

कालिञ्चोक डेभलपमेन्ट बैंक (KCDBL) को नाफा ४८ लाख

कालिञ्चोक डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासमा खुद मुनाफा सामान्य बढेको छ । बैंकले ४८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ४७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले ३१ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ करोड २४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखिएको छ । बैंकको निष्कृय कर्जा ४ दशमलव ४९ प्रतिशत र जोखिम युत्त सम्पत्ति ३१ दशमलव ५५ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ४ दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ४५ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय १५ दशमलव ७० रुपैयाँ र तरलता अनुपात ३७ दशमलव ८९ प्रतिशत रहेको छ ।

 झिमरुक विकास बैंक (JHBL)

झिमरुक विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा १ करोड २८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा बैंकले मुनाफा ९२ लाख रुपैयाँ कमाएको थियो ।

बैंकले ७१ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी ६१ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । प्रति शेयर आम्दानी २१ दशमलव ५० रुपैयाँ, प्रति सेयर नेटवर्थ १ सय ३३ दशमलव ६९ रुपैयाँ, तरलता अनपात २४ दशमलव ५९ प्रतिशत, मुल्य आम्दानीको अनुपात १७ दशमलव ८६ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ १ दशमलव ३८ प्रतिशत र जोखिम युक्त सम्पति १२ दशमलव ०४ प्रतिशत रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

जलविद्युत आयोजनामा गर्ने हैन त लगानी ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।