सिइडिबी हाइड्रोले पारित गर्यो साधारण शेयर निष्काशनको प्रस्ताव, कहिले होला निष्काशन ?

Jun 23, 2016 Mero Lagani

हकप्रद पनि आउँदै, रुकुमगढ आयोजनाको पीपीए सम्पन्न
सिइडिबी हाइड्रोले पूँजी बिस्तार गर्दै जलविद्युत आयोजना निर्माणमा गतिशिल हुने लक्ष्यका साथ साधारण शेयर निष्काशन गर्ने भएको छ । बुधबार सम्पन्न कम्पनीको विशेष साधारण सभाले अहिले कायम रहेका संस्थापक शेयर धनीलाई हकप्रद शेयर निष्काशन गर्दै सर्वसाधारणका लागि पनि साधारण शेयर निष्काशन गर्ने मार्ग प्रशस्त गरेको हो ।

क्लिन ईनर्जी डेबलपमेन्ट बैंकले जलविद्युत आयोजना निर्माणका लागि २०६६ सालमा स्थापना गरेको सिइडिबी हाइड्रो फण्डले विशेष साधारण सभामा संचालक समितिको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको हो । चुक्ता पूंजी ५८ करोड ७० लाख रुपैंया रहेको कम्पनीले विषेश साधारण सभा मार्फत संस्थापक शेयरधनीलाई हकप्रद शेयर निष्काशन गरि ७६ करोड ३१ लाख रुपैंया चुक्ता पूँजी बनाउने निर्णय गरेको हो ।

हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९३ करोड नाघ्ने गरि सर्वसाधारणमा १७ करोड ६१ लाख रुपैंयाको साधारण शेयर निष्काशन गर्ने प्रस्तावलाई पनि विशेष साधारण सभाले पारित गरेको हो । साधारण शेयर निष्काशनका लागि कम्पनीले यस अघि नै एनसिएम मर्चेण्ट एण्ड बैंकिंग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीका अनुसार अहिले साधारण शेयर निष्काशनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रकृया चलिरहेको छ भने त्यो पुरा भए पछि धितोपत्र बोर्डमा साधारण शेयर निष्काशनको प्रकृया अघि बढाइनेछ । यस आधारमा कम्पनीको साधारण शेयर निष्काशनका लागि कम्तीमा ४ महिनाको समय लाग्ने देखिन्छ ।

४ वटा जलविद्युत आयोजनामा लगानी गरि ७३ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको कम्पनीले ५ मेगावाट विद्युतको खरिदबिक्रि सम्झौता गरिसकेको छ । गत मंगलबार मात्रै सिइडिबीको सहायक कम्पनी रुकुम गढ जलविद्युत आयोजनाको ५ मेगावाट विद्युत खरिदबिक्रि सम्बन्धमा नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गरेको हो । सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फवाट उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र रुकुम गढ जलविद्युत आयोजनाका तर्फबाट सिइडिबीका प्रमुख कार्यकारी अधिकृत विनय कुमार भण्डारीले हस्ताक्षर गरेका हुन । जलविद्युत आयोजना निर्माण कार्य सुरु भैसकेको कम्पनीले जनाएको छ ।

सिइडिबी हाइड्रो फण्डले दोलखामा निर्माण गर्न लागेको ११ मेगावाट क्षमताको तल्लो खारे खोला आयोजनामा अग्राधिकार शेयर खुल्ला गरि लगानीकर्तालाई लगानीको अवसर समेत प्रदान गरेको छ । आयोजनामा लगानी गर्नेलाई कम्पनीले आयोजना निर्माण सम्पन्न नहुञ्जेल ३ वर्षसम्म वार्षिक साढे ७ प्रतिशतका दरले प्रतिफल दिने उद्घोष गरिसकेको छ । तल्लो खारे खोला जलविद्युत आयोजनाको सिभिल निर्माण कार्य गर्न ठेक्का पट्टाको काम अघि बढाईसकिएको कम्पनीले जनाएको छ ।

निकट भविष्यमा १२ मगावाट क्षमताको दोर्दी – १ जलविद्युत आायोजना निर्माण गर्ने तयारीमा जुटेको कम्पनीले संखुवासभामा ४५ मेगावाट क्षमताको कसुवा खोला आयोजनाको बिस्तृत अध्ययन गरिरहेको छ ।

१५ करोडको साधारण शेयर निष्कासन गर्ने सीईडीबी हाइड्रोको तयारीे,कसुवाखोला आयोजनाको अध्ययन सुरु


हाम्रो आयोजनाले निर्माण अवधिमा वार्षिक साढे सात प्रतिशत प्रतिफल दिन्छ : विनय भण्डारी, प्रमुख कार्यकारी, सिइडिबि हाइड्रो

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।