धितोपत्र बोर्डले के के गर्यो ? यस्तो छ प्रगती विबरण

Jul 17, 2016 Mero Lagani



नेपाल धितोपत्र बोर्डले पछिल्लो समयमा बजार सुधार गर्नका लागि भन्दै विभिन्न कामहरु गरेको छ । क्लियरिंग बैंक थप्ने, नेप्सेको प्रणाली सुधार गर्ने देखि ओटीसी मार्केटका सम्बन्धमा काम अघि बढाएर केही काम पुरा भएको र केही हुने क्रममा रहेको बोर्डले जनाएको छ । यसै क्रममा बोर्डले गरेको सार्वजनिक गरेको कामको विबरण यस्ता छन् ।

बोर्डले लिखित रुपमा उपलब्ध गराएको कार्यप्रगती विबरणको पूर्ण पाठ :

१. ओ.टि.सि. बजार संचालन सम्बन्धी विनियमावली, २०६५ बमोजिम उक्त बजारमा सक्रियरुपमा कारोबार हुन नसकिरहेको अवस्थामा बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय तथा नेपाल स्टक एक्सचेञ्ज लि. को संयुक्त पहलमा हाल ओ.टि.सि बजार मार्फत सूचीकृत नभैसकेका पब्लिक लि. कम्पनीको धितोपत्रको कारोबार शुरुवात गरिएको छ । यद्यपि उक्त बजारमा कारोबार शुरुवात भएपश्चात विद्यमान शुल्कका सम्बन्धमा सरोकारवालापक्षहरुबाट गुनासहरु समेत प्राप्त भएकोमा प्रारम्भिक अवस्थामा रहेको ओ.टि.सि. बजार मार्फत हुने कारोबारलाई थप प्रोत्साहन गर्न हाल भएका शुल्कहरुको पुनरावलोकन गरी स्वीकृतिका लागि बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लि. लाई पत्राचार गरिएको छ ।

२. धितोपत्र कारोबारको राफसाफ तथा फछ्यौट कार्यका लागि एक मात्र क्लियरिङ्ग बैंक रहेकोमा धितोपत्र कारोबारको बढदो आकार तथा अन्र्तराष्ट्रिय अभ्यास समेतलाई दृष्टिगत गरी २०७३ वैशाख १ गतेसम्म एक भन्दा बढी क्लियरिङ्ग बैंकको व्यवस्था गर्नका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि. तथा नेपाल स्टक एक्सचेञ्ज लि. लाई मिति २०७२।१०।१३ मा निर्देशन दिईएकोमा सिडिएसलाई कारोबार प्रणाली उपलब्ध गराएको vendor सँग AMC नभईसकेकोले एक भन्दा बढी क्लियरिङ्ग थप्न कठिनाई भएको जानकारी नेप्सेले गराएकोमा हाल सिडिएस तथा vendor कम्पनी बिच AMC भएको जानकारी प्राप्त भएकोले बोर्डको निर्देशन अनुरुप एक भन्दा बढी क्लियरिङ्ग बैंकको व्यवस्था गराउन पुनः नेप्से तथा सिडिएससि लि. लाई निर्देशन दिईएको छ ।

३. नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार प्रणालीलाई अन्र्तराष्ट्रिय प्रणालीसँग सामनजस्य हुने र Tested System भित्राउने तर्फ पहल गर्न उक्त लि. लाई मिति २०७२।११।२८ मा पत्राचार गरिएकोमा उक्त लि. ले अटोमेटेड अनलाइन कारोबार प्रणाली विकास गर्न प्रक्रिया प्रारम्भ भै खरिद सम्झौता समेत भैसकेकोले बोर्डको निर्देशनलाई प्रष्ट गर्न अनुरोध गरेको र बोर्डले सुविधायुक्त कारोबार स्थलको व्यवस्था गरी धितोपत्र कारोबारलाई स्वच्छ र नियमित रुपमा संचालन गर्नका लागि के कस्तो प्रणालीको आवश्यकता पर्छ त्यस्को पहिचान गरी स्थापना गर्नु मूलभूत रुपमा नेप्सेको नै जिम्मेवारी भएको र धितोपत्रको कारोबारको संवेदनशीलता तथा राष्ट्रिय स्तरको स्टक एक्सचेन्जमा यस्तो कारोबार प्रणाली अन्र्तराष्ट्रिय स्तरको Tested System हुनु पर्ने अपरिहार्यतालाई दृष्टिगतगरी साविक (२०६४ साल) मा कारोबारको अटोमेशन गर्दा नेपाल स्टक एक्स्चेन्ज लि. ले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड र एडिवि समेतको सहयोगमा अन्र्तराष्ट्रिय स्तरमा मान्यताप्राप्त कम्प्यूटरकृत प्रणाली खरीद गरी सो प्रणालीमार्फत कारोबारको सुविधा प्रदान गर्दै आइरहेको र माघबाट कारोबारको राफसाफ तथा फरर्छौटको समेत अटोमेशन भैसकेकोमा धितोपत्र कारोबारको संवेदनशीलता तथा हाल अन्र्तराष्ट्रिय स्तरको स्थापित प्रणाली प्रयोग भैरहेको सन्दर्भमा नेप्सेको विद्यमान प्रणालीलाई प्रतिस्थापन वा सुधार गर्दा अन्र्तराष्ट्रिय स्तरको प्रणालीसँग सामान्जस्य हुने र Tested System भित्राउनका लागि पहल गर्न अनुरोध गरीएको जानकारी गराउँदै हाल नप्सेले अन्र्तराष्ट्रिय रुपमा Tested System प्रयोग गरीरहेकोमा सो प्रणाली प्रतिस्थापन वा सुधार गर्ने जस्तो संवेदनशिल कार्यको जिम्मेवारी नेप्सेकै भएको ब्यहोरा जानकारी गराइएको ।

यसरी धितोपत्र बोर्डले पटक पटक नेप्सेको बिद्घमान कारोबार प्रणाली प्रतिस्थापन वा सुधार गर्ने जस्तो संवेदनशिल कार्यको जिम्मेवारी नेप्सेकै भएको ब्यहोरा जानकारी गराएकोमा नेप्सेसँग Internet based fully automated online trading system विकास गर्न सम्झौता गरेको घरेलु कम्पनी वाईको प्रा.लि ले उक्त कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच मिती २०७२।११।१४ मा Internet based fully automated online trading system विकास गर्ने सम्बन्धमा भएकोे करारमा पक्ष नभएका बाहिरको पक्षको भनाईलाई आधार मानी करार रद्द गर्न सक्ने सम्भावना भएकोले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म करार रद्द गर्ने कुनै काम कारवाही नगर्न नगराउन उपयुक्त आदेश जारी गरी पाँउ भन्ने समेतको माग दावी गरी नेपाल धितोपत्र बोर्डलाई समेत विपक्षी बनाई काठमाण्डौं जिल्ला अदालतमा रिट निवेदन दायर गरेकोमा अदालतबाट उक्त रिट निवेदन खारेज गर्ने निर्णय भएको छ ।

४. विद्यमान धितोपत्र सम्बन्धी ऐन तथा सो अन्र्तगतको नियमावलाीले धितोपत्र दलालले ग्राहकसँग धितोपत्र सम्बन्धी कारोबार गर्दा बैंक मार्फत मात्र रकम लेनदेन गर्नु पर्नेछ भन्ने व्यवस्था गरेको छ । २०७२ माघ बाट पूर्ण स्वचालित प्रणाली मार्फत धितोपत्र दोस्रो बजार कारोबारको राफसाफ तथा फछ्यौंट हुन थालिसकेको र यस बाट बजारमा दैनिक कारोबार संख्यामा उल्लेख्य वृद्धि भैरहेको सन्र्दभमा धितोपत्र दलाल व्यवसायीहरुबाट बैक मार्फत कारोबार गरे/नगरेको सम्बन्धमा स्थलगत निरीक्षण शुरुवात गरिएको छ ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।