हाम्रो बिकास बैंकको नाफा २ गुणाले वृद्धि, विराटलक्ष्मीको ७ प्रतिशतले बढ्यो

Jul 29, 2016 merolagani

हाम्रो बिकास बैंक (HAMRO) को गत आर्थिक बर्षमा ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा दोब्बर बढी हो । त्यस्तै बिराटलक्ष्मी बिकास बैंक (BLDBL) ले गत आर्थिक बर्षमा १० करोड ११ लाख रुपैयाँ कमाएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा ६.८१ प्रतिशतले बढी हो । दुवै बैंकले खराब कर्जा समेत घटाएका छन् ।


बिराटलक्ष्मीको १० करोड ११ लाख

 

विराटलक्ष्मीले अघिल्लो वर्ष ९ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो चुक्ता पुँजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको बैंकको जगेडाकोषमा १७ करोड ९८ लाख रुपैयाँ राखिएको ।

यस अवधिमा बैकल ५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ३ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी तथा संचालन मुनाफामा बढेको छ । बैंकले प्रोभिजनमा ४ लाख रुपैयाँ राखिएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २३.७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४२.१४ रुपैयाँ, मुल्य आम्दानी अनुपात १६.८२ गुणा र तरलता अनुपात ४५.०८ प्रतिशत रहेको छ । जोखिम युक्त सम्पत्ति १५.०६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव ४२ प्रतिशत रहेको छ ।

हाम्रो बिकास बैंकको नाफा २ गुणाले वृद्धि

हाम्रो बिकास बैंकको गत आर्थिक बर्षमा ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक बर्षको तुलनामा दोब्बर बढी हो । बैंकको खुद व्याज आम्दानीमा उल्लेखीय वृद्धि भएपछि पनि नाफा बढ्न सहयोग पुगेको हो ।

बैंकको कुल कर्जामा खराब कर्जाको दर ०.८७ प्रतिशतमा सिमित भएको छ । बैंकले यस अवधिमा एक अर्ब निक्षेप संकलन गरी ८४ करोड बर्जा लगानी गरेको छ । बैंककौ पूँजी कोष पर्याप्तता अनुपात १६.९३ प्रतिशत, पूँजी कोष लागत घटेर ४.५६ प्रतिशत, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ, पीइ करीब ८ गुणा, नेटवर्थ प्रति शेयर १ सय ३८ रुपैयाँ रहेको छ ।

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।