एनएमबि क्यापिटलले ल्यायो दोस्रो सामुहिक लगानीकोष योजना,असी करोडको इकाई भदौ २६ गतेबाट बिक्री खुला

Sep 04, 2016 Mero Lagani

एनएमबि बैंक (NMB) को सहायक कम्पनी एनएमबि क्यापिटल (NMBCL) ले असी करोड रुपैयाँ बराबरको सामुहिक लगानीकोषको दोस्रो योजनाको आह्वानपत्र सार्वजनिक गरेको छ । एनएमबि हाईब्रिड फण्ड एल एक नाम दिएको बन्दमुखि सात बर्षे यस योजनाका आठ करोड इकाई भदौ २६ गतेदेखि सर्वसाधारणलाई बिक्री गरिनेछ ।



इच्छुक लगानीकर्ताले प्रति इकाई दश रुपैयाँका दरले न्यूनतम एक सय इकाईका लागि आवेदन दिन सक्नेछन्। इकाई खरिदका लागि भदौ २६ गतेबाट छिटोमा भदौ ३१ गतेसम्म र ढिलोमा असोज ९ गतेसम्म आवेदन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

एनएमबि हाईब्रिड फण्ड एल एकले प्रति इकाई दश रुपैयाँ अंकित दरका असि करोड रुपैयाँ बराबरको आठ करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये एक करोड बीस लाख इकाई एनएमबि बैंक र एनएमबि क्यापिटललाई छुट्याइएको छ । बैंकले १४ प्रतिशत तथा क्यापिटलले एक प्रतिशत इकाई लिनेछन् । कुल ६ करोड ८० लाख किता इकाई सार्वजनिक बिक्रीका लागि खुला गरिएको हो ।

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौ तथा एनएमबि बैंकका सबै शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

यो सामुहिक कोषको संचलाकमा अनुज अग्रवाल,पशुपति मुरारका,उपेन्द्र पौडेल, मनिष जैन र प्रदीप प्रधान रहेका छन् ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।