प्रभु बैंकको सेयर कारोबार खुल्ने मिति अझै पछि किन सर्यो ?

Dec 26, 2016 Merolagani

नेपाल राष्ट्र बैंकले सेयर कारोबार फुकुवा गरेको प्रभु बैंक(PRVU)को सेयर कारोबार अझै एक साता सुचारु नहुने भएको छ । ग्राण्ड बैंकको सेयर प्रभुमा परिवर्तन गर्ने तथा साविकको प्रभुका लगानीकर्तालाई २१ प्रतिशत प्रिमियम वापतको सेयर बितरण गर्ने काम नभएका कारण प्रभुको सेयर कारोबार खुल्ने मितिको टुंगो नलागेको हो ।

गत बिहीबार राष्ट्र बैंक सञ्चालक समितिले प्रभु बैंकको सेयर कारोबार सुचारु गराउने निर्णय गरी शुक्रबार सो जानकारी सरोकारवालालाई गराएको थियो ।

प्रभु बैंकले भने अहिले ग्राण्डको सेयर परिवर्तन गर्न प्रमाणपत्र छपाईको काम सकिएको अब बितरण गरी प्रभुको साविकका सेयरधनीलाई दिने प्रिमियम छपाई सुरु भएको जनाएको छ । एक सातादेखि १० दिनसम्ममा सबै प्रकृया पुरा गरी सेयर कारोबार सुचारु हुने बैंकले दाबी गरेको छ ।

बैंकका अनुसार प्रभु र ग्राण्ड मर्ज हुँदा ग्राण्डका लगानीकर्तालाई प्रभुको ६५ दशमलव ५८ कित्ता तथा साविकका प्रभुका लगानीकर्तालाई प्रति सय कित्ता बराबर थप २१ दशमलव ४५ कित्ता प्रिमियम बितरण गर्नु पर्ने भए पनि सो को अनुमति नपाएकाले सबै प्रकृया अघि बढ्न नसक्दा निर्धारित समयमा कारोबार खुलाउन नसकिएको प्रभुले जनाएको छ ।

उसका अनुसार अहिले सबै प्रकृया तिब्र बनाइएको र छिटोमा एक सातादेखि १० दिन भित्रमा काम सकेर सेयर कारोबार खुलाईने छ । ‘ग्राण्ड तथा प्रभुको सेयर डिम्याट खातामा भएका लगानीकर्ताहरुलाई डिम्याट खातामा नै सेयर पठाइनेछ भने भौतिक प्रमाणपत्र भएकाहरुलाई भौतिक प्रमाणपत्र बितरण गरिनेछ । यो प्रकृयामा सबै लगानीकर्तालाई समान अवसर मिलोस भनेर केही दिन सेयर कारोबार नखुल्ने भएको हो ।‘- बैंकका एक अधिकारीले मेरोलगानीसँगको कुराकानीमा भने ।

यसअघि प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्डतर्फको रोकेपछि धितोपत्र बोर्डले प्रभुको पनि कारोबार रोकेको थियो । गत असोज १७ र १८ गते राष्ट्र बैकले प्रभु बैंकतर्फको मात्र सेयर कारोबार फुकुवा गराउँदा दुई दिन सेयर किनबेच भएको थियो । त्यतिबेला प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड छ । उसले चुक्ता पूँजी आठ अर्ब बनाउन ४० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।