शुक्रबार राजधानीमा आयोजित स्टक ब्रोकर्स एशोसियशनको कार्यक्रममा उनले प्रश्न गरे -दुई महिना अगाडि राष्ट्र बैंकको तथ्यांकमा २५० अर्ब तरलता थियो, दुई महिना पछाडि त्यो कता हरायो र एकाएक तरलता संकट देखिएको छ ?
अहिले बित्त बजारमा तरलताकाृ अबस्था १० अर्ब भन्दा तल आईपुगेको छ । गहिरिदो तरलता संकटका बीच बाणिज्य बैंकहरुले १० प्रतिशत भन्दा बढी बार्षिक ब्याज दरमा तीन महिने मुद्धती निक्षेप लिन थालेका छन् । तरलता संकट समाधान गर्न भन्दै राष्ट्र बैंकले रिपो जारी गरेर बैंकहरुलाई रकम लैजान आब्हान गरेको छ ।
नेपालको अर्थतन्त्रबारे गहिरो अध्ययन गरेका बज्राचार्यले रोचक तथ्यांक प्रस्तुत गर्दै अगाडि भने -पहिले बर्षदिनमा १० हजार गाडी आयात हुन्थ्यो, यस बर्षको तीन महिनामै कसरी ५० हजार गाडी आयो ? यसरी भईरहेको अनिनयन्त्रित गाडी आयातले पनि अर्थतन्त्रमा संकट ल्याएको छ ।
कार्यक्रममा केहीले बैंकहरुले उत्पादनमुलक क्षेत्र र पूँजी बजारमा प्रबाह हुने भन्दा सस्तोमा घरजग्गा र गाडी आयात कर्जा प्रबाह गरेर अर्थतन्त्रमा संकट थपेको चर्चा गरे । उनीहरुले पूँजी बजारलाई अनुत्पादक क्षेत्र भन्ने तर घरजग्गा र गाडी आयातमा भने निस्फिक्री कर्जा प्रबाह गर्ने बैंकहरु अहिलेको तरलता संकटप्रति मुख्य जिम्मेवार भएको तर्क गरेका थिए ।
बज्राचार्यले बैंकहरुको बित्तीय बिबरण हेर्दा सजिलै थाहा नपाईने तर राष्ट्र बैंकको तथ्यांक हेर्दा पैसा कहाँ गयो भन्ने तथ्यलाई सजिलै बुझ्न सकिने बताए ।
घर जग्गाको भाउ बढेर बैना, बैनामा कारोबार हुन थाल्नु र गाडीहरुका कारणले काठमाडौको सडक जाम हुनु अनुत्पादक क्षेत्रमा पैसा गएको प्रमाण हो, सहभागीहरुको भनाई थियो ।
केहीले सेयर बजारमा भएको नाफा सुरक्षित गरी घरजग्गा र गाडी खरिदतर्फ ।कम परिचालन गरेकोले पनि सेयर बजार सुस्ताउन भुमिका खेलेकाो उनीहरुको भनाई थियो ।
घरजग्गा र गाडी आयातमा गएको कर्जाले तरलता संकट बढाएको तर सेयर धितो कर्जाले पूँजी निर्माण र तरलता बढाउन सहयोग गर्ने तर्क उनीहरुले गरे ।
बैंकहरुले घरजग्गा क्षेत्रमा प्रबाह भएको कर्जाको सिमा नाघेको नदेखिने गरी ओभर ड्राफ्ट लगायतका शीर्षकमा कर्जा प्रबाह गरी ठूलो रकम अनुत्पादक क्षेत्रतर्फ परिचालन गरेको बताईन्छ ।
अहिलेको तरलता संकट लम्बिदै गएर घरजग्गा क्षेत्रमा पहिलेको जस्तै समस्या आएमा केही बैंकहरुलाई आपत्कालीन उद्धारको आबश्यकता हुने आँकलन गरिएको छ । पहिलेको मन्दीमा गोता खाएका केही बैंकहरु भने यही कुरा बुझेर अहिले घरजग्गा कर्जा प्रबाहमा सतर्क भएको बताईन्छ ।