तपाई समताको सेयर पाउने साढे आठ हजार जनामा पर्नु भयो कि नपाउने ७६ हजारमा ? नतिजा हेर्नुस्

Feb 15, 2017 Merolagani

समता माइक्रोफाइनान्सले बुधबार बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आफ्नै कार्यालयमा गरेको बाँडफाँडमा गोलाप्रथाबाट कुल आवेदक मध्ये १० प्रतिशतलाई १० कित्ताका दरले सेयर बाँडिएको थियो ।

मेरोलगानीको शिर्षस्थानमा रहेको IPO मा गई IPO Result मा गएर समता माइक्रोफाइनान्स छनौट गरी मागिएको विबरण भरेर तपाईलाई सेयर पर्यो वा परेन थाहा पाउन सकिन्छ । कुल ८६ हजार दुई सय ३७ जनाले सेयर आवेदन गरेकोमा आठ हजार आठ सय ५६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । तपाई सेयर पाउने आठ हजार आठ सय ५६ जनामा पर्नु भयो वा सेयर नपाउने ७६ हजारमा आफैं नतिजा हेर्नुहोस् ।

मरिहत्ते गरेर भरेको समताको आईपीओको १० कित्ता सेयर कति जनाले पाए ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।