एक्सेलले चैत्र १९ गते गर्ने साधारणसभामा के लैजादै छ प्रस्ताव ?

Feb 26, 2017 merolagani



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले चैत्र १९ गते गर्ने  एघारौं बार्षिक साधारणसभामा गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस दिने भएको छ । साथै बैंकको साधारणसभाले मर्जर तथा एक्वीजिशनमा गर्न आवश्यक पर्ने सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बैंकले २५ प्रतिशतले हुन आउने सात करोड ६९ लाख १२ हजार रुपैँयाँको बोनस सेयर बाँड्न लागेको हो । बैंकले कर प्रयोजनका लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदैछ । २५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

यसका साथै बैंकले बोनसपछिको चुक्तापूँजीको ५० प्रतिशतको हकप्रद प्रस्ताव पनि लैजाँदैछ । बैंकले १९ करोड २२ लाख ८१ हजार रुपैँयाको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयर स्वाप अनुपात ५१:४९ बनाउन लागेको छ । हाल ७० प्रतिशत रहेको संस्थापक सेयरबाट १९ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा सेयरमा परिणत गर्न प्रवन्धपत्र र नियमावली संसोधन गर्न लागेको हो । साथै सभाले गत आर्थिक बर्षमा सार्वजनिक उत्तरदायित्व अन्तगर्तको खर्च सिमा २०६३ को व्यवस्था गरेभन्दा नाघेकाले यस वापतको रकम दुई लाख १४ हजार रुपैँया समेत अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकको १८५ औं सञ्चालक समितिको बैठकले चैत सात गतेदेखि १९ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । विर्तामोड झापामा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सात करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ४८ रुपैयाँ पुर्याएको छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।