एक्सेलले चैत्र १९ गते गर्ने साधारणसभामा के लैजादै छ प्रस्ताव ?

Feb 26, 2017 merolagani



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) ले चैत्र १९ गते गर्ने  एघारौं बार्षिक साधारणसभामा गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस दिने भएको छ । साथै बैंकको साधारणसभाले मर्जर तथा एक्वीजिशनमा गर्न आवश्यक पर्ने सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बैंकले २५ प्रतिशतले हुन आउने सात करोड ६९ लाख १२ हजार रुपैँयाँको बोनस सेयर बाँड्न लागेको हो । बैंकले कर प्रयोजनका लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदैछ । २५ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

यसका साथै बैंकले बोनसपछिको चुक्तापूँजीको ५० प्रतिशतको हकप्रद प्रस्ताव पनि लैजाँदैछ । बैंकले १९ करोड २२ लाख ८१ हजार रुपैँयाको हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयर स्वाप अनुपात ५१:४९ बनाउन लागेको छ । हाल ७० प्रतिशत रहेको संस्थापक सेयरबाट १९ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा सेयरमा परिणत गर्न प्रवन्धपत्र र नियमावली संसोधन गर्न लागेको हो । साथै सभाले गत आर्थिक बर्षमा सार्वजनिक उत्तरदायित्व अन्तगर्तको खर्च सिमा २०६३ को व्यवस्था गरेभन्दा नाघेकाले यस वापतको रकम दुई लाख १४ हजार रुपैँया समेत अनुमोदन गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि बैंकको १८५ औं सञ्चालक समितिको बैठकले चैत सात गतेदेखि १९ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । विर्तामोड झापामा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा सात करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ४८ रुपैयाँ पुर्याएको छ ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।