नबिल र नेपाल ईन्भेष्टमेन्टको प्रगतिलाई दाँजेर हेर्दा कस्को प्रगति राम्रो ?

May 03, 2017 Merolagani

निजी क्षेत्रका दुई ठूला बाणिज्य बैंकहरु नबिल र नेपाल ईन्भेष्टमेन्टले एकसाथ तेस्रो त्रैमासको बित्तीय बिबरण सार्वजनि गरेपछि उनीहरु मध्ये कसको प्रगति राम्रो भन्ने चासो लगानीकर्तामा उत्पन्न हुनु स्वभाविक छ । मेरो लगानीले यी दुई बैंकको प्रगतिलाई तुलनात्मक अध्ययन तालिकामा प्रस्तुत गरेको छः

नबिलको बैंकको प्रगति नियालौ

रकमलाई करोडमा देखाईएको छ ।

अब नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रगति तुलना गरौ

रकमलाई करोडमा देखाईएको छ ।

पत्ता लागेका केही कुराहरु

-चुक्ता पूँजी र जगेडा कोष संकलनमा नेपाल ईन्भेष्टमेन्ट बैंक अगाडि छ ।

-निक्षेप संकलन र कर्जा परिचालनमा पनि ईन्भेष्टमेन्टले उछिनेर अगाडि बढेको छ ।

-खुद ब्याज आम्दानीमा नबिलले अग्रता लिएको छ तर संचालन नाफा बृद्धिर्मा ईन्भेष्टमेन्टले उछिनेको छ ।

-खुद नाफा बृद्धि दर दुबैको उस्तै देखिन्छ । 

-ईन्भेष्टमेन्टको खुद नाफा मेरोलगानीले आँकलन गरेको भन्दा सात करोडले बढी हो भने नबिलको आँकलन गरिएकै थिएन । 

-पूँजी कोष नबिलको भन्दा ईन्भेष्टमेन्टको राम्रो छ ।

-दुबै बैंकले निस्क्रिय कर्जा घटाउनमा प्रगति गरेका छन् तर तुलनात्मक रुपमा ईन्भेष्टमेन्ट बैंकको अबस्था राम्रो छ ।

कर्जा जोखिम वापतको रकम ब्यवस्था नेपाल ईन्भेष्टमेन्टले बढी गरेको छ ।

-कर्मचारी र संचालन खर्च बृद्धिमा थोरै मात्र अन्तर छ ।

- नबिलको चुक्ता पूँजी आठ अर्ब पुग्न अझै बाँकी छ भने नेपाल ईन्भेष्टमेन्टको चुक्ता पूँजी आठ अर्ब नाघिसकेको छ ।
-नेपाल ईन्भेष्टमेन्टको जगेडा कोषमा बोनस सेयर दिनसक्ने धेरै रकम छ भने नबिलको तुलनात्मक रुपमा कम छ ।
-प्रति सेयर आम्दानीको आधारमा भन्दा नबिलको धेरै छ तर सेयर मूल्यको आधारमा भन्दा नेपाल ईन्भेष्टमेन्टको सस्तो छ । मूल्य आम्दानी अनुपात नबिलको २७ गुणा छ भने नेपाल ईन्भेष्टमेन्टको २२ गुणा हाराहारीमा छ ।

-ईक्विटीमा प्रतिफलको हिसावले हेर्दा नबिलको २८ प्रतिशत र नेपाल ईन्भेष्टमेन्टको १७ प्रतिशत देखाईएको छ ।
नबिलको कोषको लागत २.२८ प्रतिशत छ भने ईन्भेष्टमेन्टको ४.५५ प्रतिशत अर्थात तुलनात्मक रुपमा महंगो छ ।

-ईन्भेष्टमेन्टको भन्दा नबिलको कर्जा निक्षेप अनुपात खुम्चिएकाले धेरै लगानी बढाउँनसक्ने अबस्था छैन ।

समग्रमा भन्दा दुबै बैंकहरुको प्रगति राम्रो छ । 

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।