नाफासँगै बढ्यो सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

Apr 25, 2024 08:23 AM Merolagani

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SJLIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३८.६८ प्रतिशत बढेको छ भने कुल आम्दानी ४४.१९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१.६७ प्रतिशत र कुल खर्च ४४.५७ प्रतिशत बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा बढेर ८ रुपैयाँ ६७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.८९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा रहेको छ।

४ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ३ करोड ७२ लाख, महाविपत्ती कोषमा ३४ करोड १७ लाख, रिटेन्ड अर्निङ्गमा १ अर्ब ६० करोड र अन्य इक्विटीमा १ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।