सुन चाँदीको मूल्य भारि वृद्धि, कति पुग्यो मूल्य?

May 02, 2024 11:14 AM Merolagani

बिहीबार सुनचाँदीको मूल्यमा भारि वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँ कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार एक हजार ६३० रुपैयाँमा कारोबार भईरहेको चाँदी, आज एक हजार ६४५ रुपैयाँका खरिदबिक्री भईरहेको छ ।

 

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।