नेपालको आर्थिक वृद्धि ७.५ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

May 11, 2017 merolagani



विश्व बैंकले यो बर्ष नेपालको आर्थिक वृद्धि ७.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । मनसुनमा आएको सुधार, विद्युतको उपलब्धता तथा भूकम्प पछिका पुन निमार्णमा भएको ठूलो लगानीका कारण २३ बर्ष यताकै उच्च दरको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।



भूकम्प र भारतले नेपालको सिमा क्षेत्रमा गरेको अवरोधका कारण गएका दुई आर्थिक बषर्मा ३.३ प्रतिशत ०.४ प्रतिशतको आर्थिक वृद्धि भएको उल्लेख गर्दे यसबर्ष भने सन १९९४ यताकै सर्वाधिक आर्थिक वृद्धि हुने विश्व बैंकको भनाई छ ।

विश्व बैंकले सन २०१७ मा नेपालमा धान उत्पादन दश लाख टनले बढ्ने अनुमान गरेको छ । सन २०१६ मा ४२ लाख टन धान उत्पादन भएकोमा सन २०१७ मा ५२ लाख टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ ।

भूकम्पमा परेका पाँच लाख घरधनीले घर पून निमार्णका लागि तीन किस्तामा पाउने रकममध्ये दुई किस्ताको रकम पाईसकेको र लोडसेडिङको अन्त्य, भूकम्पबाट क्षति भएका सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु समेत संचालनमा आएकाले र पर्यटक आगमनमा भएको सुधारले आर्थिक वृद्धि उकास्न मदत पुग्ने विश्व बैकको ठहर छ ।

विश्व बैंकले आगामी दुई आर्थिक बर्षहरुमा पनि नेपालको आर्थिक वृद्धि ५ प्रतिशतकै हाराहारीमा रहने अनुमान गरेको छ । त्यस्तै सन २०१७ मा मुद्रास्फिती राष्ट्र बैंकले अनुमान गरेको ७.५ प्रतिशत भन्दा तल नै रहने विश्व बैंकको प्रक्षेपण छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।