सीई कन्सट्रक्शनलाई आइएसओ ९००१:२०१५ गुणस्तर प्रमाणपत्र

Jul 05, 2017 MEROLAGANI



सीई कन्सट्रक्शन प्रा.लिले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१: २०१५ पाएको छ । यस अघि सन् २०१४ मा कम्पनीले आइएसओ ९००१: २००८ प्राप्त गरेको थियो ।

कम्पनीले आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि आदिमा पहिलेको भन्दा उल्लेख्य सुधार गर्दै आइएसओ ९००१ : २०१५ स्तरको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउन सफल भएको हो ।

यस प्रमाणपत्रको अवधि सन् २०२० सम्म हुने कम्पनीले जानकारी दिएकोछ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणित भएकाले कम्पनी माथि उपभोक्ताको विश्वास अझ एक तह माथि पुगेको सीईको भनाइ छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।