ग्लोबल आईएमई बैंकको सहित एक करोड २५ लाख कित्ता सेयर सूचिकृत

Jul 26, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधबार पाँच कम्पनीको एक करोड २५ लाख ७९ हजार ४५२ कित्ता सेयर सूचिकृत भएको छ ।

नेप्सेमा बुधबार सेयर सूचिकृत गराउने कम्पनीहरुमध्ये ग्लोबल आईएमई बैंककाे सबैभन्दा बढि ८३ लाख ७६ हजार ८०२ कित्ता सेयर सूचिकृत भएको छ । ग्लोबलले यसअघि प्राप्ती गरेको रिलायबल डेभलपमेन्ट बैंकको सेयर आफ्नो नाममा सूचिकृत गराएको हो ।

 

त्यस्तै छ्याङ्दी हाइड्रोपावर कम्पनीले साधारण सेयर सहित २७ लाख कित्ता सेयर सूचिकृत गराएको छ । सांग्रीला डेभलपमेन्ट बैंकले यसअघि प्राप्ती गरेको कसमस डेभलपमेन्ट तर्फको ११ लाख २४ हजार ९८७ कित्ता सेयर, भार्गव विकास बैंकले दुई लाख ४० हजार कित्ता बोनस सेयर र महाकाली विकास बैंककाे  एक लाख ३७ हजार ६६२ कित्ता बाेनस सेयर पनि आईतबार नै सेयर बजारमा थपिएका छन् ।

सेयरधनीले बुधबार सूचिकृत भएका सेयरहरु एक सातापछि धितोपत्रको दोस्रो बजार नेप्सेमा कारोबार गर्न सक्नेछन् ।

....................................................................................................................................................

घरमा बसेर अनलाइनबाट डिम्याट खाता खोली एक लाख रुपैंयाको बीमा सित्तैमा गराउनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।