छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुल्यो

Aug 03, 2017 merolagani

छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर कारोबार विहीबारदेखि खुलेको छ ।नेप्सेले कम्पनीको सेयर कारोबारका लागि सीएचएल (CHL) कारोबार संकेत प्रदान गरेको छ । कम्पनीले साउन ११ गते २७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले छ्याङ्दीले हाइड्रोपावरको पहिलो सेयर कारोबारका लागि ९० रुपैयाँदेखि २९४ रुपैयाँ मूल्य निर्धांरण गरेको छ । यसअनुसार कम्पनीको पहिलो कारोबार ९० रुपैयाँदेखि २९४ रुपैयाँ बिचमा काराेबार खुला हुनेछ ।

 २७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले गत जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणमा जारी गरिसकेकाे छ । लमजुङ जिल्लाका आयोजना प्रभावितका लागि कम्पनीले दुई लाख ७० हजार कित्ता साधारण सेयर जारी गरेको छ भने ७० प्रतिशत सेयर संस्थापकहरुको रहेको छ ।

कम्पनीले लमजुङमा २ मेगावाट क्षमताको जलविद्युत आयोजनाले नियमित विद्युत उत्पादन सुरु गरी केन्द्रिय प्रशारण लाइनबाट विद्युत बितरण गरिरहेको छ । उसले ४ मेगावाटको अपर छ्याङ्दी आयोजना समेत निमार्ण गर्दैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।