माछापुच्छ्रे बैंकले पनि बलियो बनायो आफ्नो आधार

Aug 06, 2017 Merolagani



केही बर्षअघि खराब कर्जा र संस्थागत सुशासनको कमीले समस्यामा परेको माछापुच्छ्रे बैंक (MBL) पनि पछिल्ला बर्षहरुमा ब्यापक सुधारसहित सबल बन्दै आएको छ । उसले गत आर्थिक बर्षमा कारोबार बिस्तार, पूँजी बृद्धि, निस्क्रिय कर्जा घटाई र खुद नाफा बढाईमा फड्को मारेर अबस्था अझै सबल बनाएको हो । 

माछापुच्छेको खुद नाफा मेरो लगानीले पूर्व आँकलन गरे बराबर हो ।

बाणिज्य बैंकहरुले २०७४ मा कति खुद नाफा कमाए ? (आँकलनसहित)

माछापुच्छ्रेका सबै सूचकहरु उत्साहजनक छन् । उसले हालै १२ प्रतिशत हकप्रद बिक्रीमा ल्याएको अबस्थामा अब आठ अर्ब चुक्ता पूँजी पुर्याउँन ५७ करोडको मात्र बोनस सेयर बितरण गरेपुग्छ तर धेरै दिनसक्छ ।

माछापुच्छ्रेमा गैरआवासीय नेपाली डा. उपेन्द्र महतो समूहको उल्लेखनीय हिस्सेदारी छ ।

माछापुच्छ्रेको बित्तीय  बिबरणमा प्रति सेयर आम्दानी गणनामा गल्ति देखिएको छ । उसको वास्तविक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा हाराहारीमा हुने देखिन्छ । 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।