एक्सेल डेभलपमेन्ट र समिट माईक्रोलाई हकप्रद बिक्री अनुमति

Aug 07, 2017 merolagani



नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंक (EDBL) लाई ५० प्रतिशत तथा समिट माईक्रोफाईनान्स (SMFDB) लाई शतप्रतिशत हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको छ । 

एक्सेल डेभलपमेन्ट बैंकले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद बिक्री गर्न अनुमति माग गरेको थियो । बैंकको सेयर बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै समिट माईक्रोफाईनान्स कम्पनीलाई धितोपत्र बोर्डले एक बराबर एक अनुपातमा ७ लाख २५ हजार कित्ता हकप्रद विक्री गर्न अनुमति प्रदान गरेको छ । माईक्रोफाइनान्स कम्पनीले सानीमा क्यापिटललाई सेयर विक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल ७ करोड २५ लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रदपछि चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।