एक्सेल डेभलपमेन्ट र समिट माईक्रोलाई हकप्रद बिक्री अनुमति

Aug 07, 2017 merolagani



नेपाल धितोपत्र बोर्डले एक्सेल डेभलपमेन्ट बैंक (EDBL) लाई ५० प्रतिशत तथा समिट माईक्रोफाईनान्स (SMFDB) लाई शतप्रतिशत हकप्रद बिक्री गर्न अनुमति प्रदान गरेको छ । 

एक्सेल डेभलपमेन्ट बैंकले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद बिक्री गर्न अनुमति माग गरेको थियो । बैंकको सेयर बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ५७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।

त्यस्तै समिट माईक्रोफाईनान्स कम्पनीलाई धितोपत्र बोर्डले एक बराबर एक अनुपातमा ७ लाख २५ हजार कित्ता हकप्रद विक्री गर्न अनुमति प्रदान गरेको छ । माईक्रोफाइनान्स कम्पनीले सानीमा क्यापिटललाई सेयर विक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल ७ करोड २५ लाख रुपैयाँ रहेको माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रदपछि चुक्ता पूँजी १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।