आइएमई जनरल इन्स्योरेन्सले ४३ करोडको हकप्रद विक्री गर्न पायो अनुमति

Jun 20, 2018 Merolagani



आइएमई जनरल इन्स्योरेन्स (IGI) ले सेयरधनीलाई ४३ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद सेयर विक्री गर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले कम्पनीलाई १० बराबर ८ अनुपात सो रकमको हकप्रद सेयर विक्री गर्न असार ५ गते मंगलबार अनुमति प्रदान गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यससँगै कम्पनीले केही दिनभित्रमा नै हकप्रद निष्काशन हुने मिति निर्धारण गर्नेछ । 

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको उल्लेखित हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९७ करोड २० लाख रुपैंया पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले थप २ करोड ८० लाख रुपैंया बराबरको बोनस बितरण गर्नुपर्ने हुन्छ ।

यस अघि एनबी इन्स्योरेन्स रहेको कम्पनीले पहिलो पटक ८० प्रतिशत हकप्रद निष्काशन गरेर त्यसपछि शतप्रतिशत हकप्रद निष्काशन गरिसकेको छ । अहिल पाएको अनुमतिसँगै इन्स्योरेन्सले तेस्रो पटक हकप्रद बिक्री गर्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा कायम गरेको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।