अघिल्लो आर्थिक वर्षमा आठ करोड आठ लाख रुपैंया खुद नाफा गरेको अपीले गत आर्थिक वर्षमा सात करोड ४० लाख रुपैंया मात्र खुद नाफा गरेको छ । कमाई बढ्न नसक्दा कम्पनीको प्रतिसेयर आम्दानी संकुचित हुँदै सात रुपैंया पाँच पैसामा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा उसको प्रतिसेयर आम्दानी आठ रुपैंया आठ पैसा थियो ।
विद्युत बिक्रीबाट १३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले अन्य शिर्षकबाट तीन करोड ५७ लाख रुपैंया आम्दानी गरेको छ । वित्तीय खर्च अधिक गरेका कारण अपीको खुद नाफामा हस आएको हो । अघिल्ले आर्थिक वर्षमा एक करोड ७७ लाख रुपैंया वित्तीय खर्च गरेको अपीले गत आर्थिक वर्षमा छ करोड ५४ लाख रुपैंया खर्च गरेको छ । यसका साथै ह्रास कट्टीको आकार पनि बढेको छ ।
दई सय प्रतिशत हकप्रदमा लगानीकर्ता उचालिएका कारण उसको मूल्य आम्दानी अनुपात अस्वभाविक विन्दुमा पुगेको छ । वित्तीय बिवरण अनुसार उसको मूल्य आम्दानी अनुपात ८७.०२ गुणा बढी छ । यसले अपीमा लगानी गर्न जोखिम रहेको संकेत गर्छ । उसको प्रतिसेयर नेटवर्थ एक सय आठ रुपैंया ४४ पैसा छ ।