राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो, तीन अर्ब ५० करोड दाबी भुक्तानी

Aug 18, 2017 merolagani



गत आर्थिक बर्षमा राष्ट्रिय बीमा संस्थानले ६८ लाख रुपैयाँ नाफा गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा १८५ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा एक करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।



संस्थाको बीमा शुल्क आम्दानी घटेपछि नाफा प्रभावित भएको हो । गत आर्थिक बर्षमा संस्थानले बीमा शुल्क बापत दुई अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ । जून अघिल्लो आर्थिक बर्षको तुलनामा २९ करोड कम हो ।

संस्थानले गत आर्थिक बर्षमा तीन अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो बर्षको तुलानामा कम्पनीले दाबी भुक्तानी ५३ करोड बढी हो। अघिल्लो आर्थिक बर्षमा संस्थानले दुई अर्ब ९७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। कम्पनीले अझै १७ करोड ९४ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।

संस्थानको चुक्ता पूँजी ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड १७ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ११ अर्ब ७२ करोड रुपैयाँ राखेको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।