राष्ट्रिय बीमा संस्थानको नाफा घट्यो, तीन अर्ब ५० करोड दाबी भुक्तानी

Aug 18, 2017 merolagani
0



गत आर्थिक बर्षमा राष्ट्रिय बीमा संस्थानले ६८ लाख रुपैयाँ नाफा गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा १८५ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा एक करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।



संस्थाको बीमा शुल्क आम्दानी घटेपछि नाफा प्रभावित भएको हो । गत आर्थिक बर्षमा संस्थानले बीमा शुल्क बापत दुई अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ । जून अघिल्लो आर्थिक बर्षको तुलनामा २९ करोड कम हो ।

संस्थानले गत आर्थिक बर्षमा तीन अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। अघिल्लो बर्षको तुलानामा कम्पनीले दाबी भुक्तानी ५३ करोड बढी हो। अघिल्लो आर्थिक बर्षमा संस्थानले दुई अर्ब ९७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। कम्पनीले अझै १७ करोड ९४ लाख दाबी भुक्तानी गर्न बाँकी छ ।

संस्थानको चुक्ता पूँजी ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ करोड १७ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ११ अर्ब ७२ करोड रुपैयाँ राखेको छ ।




वडा अध्यक्ष मृत फेला

Apr 09, 2025 06:33 PM

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।