अनलाइन आस्बाको भीडमा थपियो सिद्धार्थ बैंक

Aug 21, 2017 Merolagani



लगानीकर्तालाई सहज रुपमा सेयर आवेदन गर्ने सेवाको प्रतिष्पर्धा तीब्र बन्दै गर्दा सिद्धार्थ बैंकले पनि अनलाइन आस्बा सुरु गरेको छ । यो सँगै बैंकमा खाता भएका सेवाग्राहीले घरमै बसेर साधारण सेयर आवेदन गर्न पाउने भएका हुन् ।

बैंकले यस अघि नै आस्बा निशुल्क गरेको थियो । केही बैंक तथा वित्तीय संस्थाले आस्बाबाट सेयर आवेदन गर्दा शुल्क लिने गरेकोमा सिद्धार्थमा बैंक खाता भएकाले अनलाइनबाट निशुल्क आवेदन गर्न पाउने भएका हुन् । बैंकले आफ्नो बैंक खाता भएको शाखामा सम्पर्क गरी आस्वाको रजिष्ट्रेशन नम्बर संकलन गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । रजिष्ट्रेशन नम्बर लिए पछि मात्र अनलाइन आस्बाबाट सेयर आवेदन गर्न सकिने बैंकले प्रष्ट पारेको छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।