अनलाइन आस्बाको भीडमा थपियो सिद्धार्थ बैंक

Aug 21, 2017 Merolagani



लगानीकर्तालाई सहज रुपमा सेयर आवेदन गर्ने सेवाको प्रतिष्पर्धा तीब्र बन्दै गर्दा सिद्धार्थ बैंकले पनि अनलाइन आस्बा सुरु गरेको छ । यो सँगै बैंकमा खाता भएका सेवाग्राहीले घरमै बसेर साधारण सेयर आवेदन गर्न पाउने भएका हुन् ।

बैंकले यस अघि नै आस्बा निशुल्क गरेको थियो । केही बैंक तथा वित्तीय संस्थाले आस्बाबाट सेयर आवेदन गर्दा शुल्क लिने गरेकोमा सिद्धार्थमा बैंक खाता भएकाले अनलाइनबाट निशुल्क आवेदन गर्न पाउने भएका हुन् । बैंकले आफ्नो बैंक खाता भएको शाखामा सम्पर्क गरी आस्वाको रजिष्ट्रेशन नम्बर संकलन गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । रजिष्ट्रेशन नम्बर लिए पछि मात्र अनलाइन आस्बाबाट सेयर आवेदन गर्न सकिने बैंकले प्रष्ट पारेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।