एनआईबिएल क्यापिटलको १२२ तथा एस क्यापिटलको ५२ प्रतिशत लाभांश पारित

Oct 11, 2017 Merolagani

एनआईबिएल क्यापिटलकाे पाँचौ बार्षिक साधारणसभाले १२२.०४४ प्रतिशत (बोनस र नगद गरि) लाभांश तथा एस क्यापिटलको सातौ बार्षिक सधारण सभाले ५२ प्रतिशत नगद लाभांश मंगलबार पारित गरेका छन् ।

एनआईबिएल क्यापिटलले साधारणा सभाबाट चुक्ता पूँजी १० करोड १५ लाख रुपैयाँको ९७.०४४३ प्रतिशत बराबरको ९ करोड ८५ लाख रुपैयाँ बराबरको बोनस सेयर र २५ प्रतिशत नगद अर्थात दुई करोड ५३ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ ।

उता एस क्यापिटलको सातौ बार्षिक साधारण सभाले कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँको ५२ प्रतिशत नगद (तीन करोड ६४ लाख) लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव मंगलबारको सधारण सभाबाट पारित गरेको हो ।

त्यस्तै क्यापिटलको माउ कम्पनी इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार सुरु गरेपछि धितोपत्र बोर्डले दिएको निर्देशन अनुरुप सहायक कम्पनीहरु पनि मर्जरबाट एक हुने प्रस्ताव पारित गरेका छन् । यस सँगै दुबै क्यापिटलको सञ्चालक समितिलाई एक आपसमा मर्जर प्रकृया अगाडि बढाउने अख्तियारी प्राप्त गरेका छन् ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।