ओम डेभलमेन्ट बैंक र जर्मनको केएफडब्लु बैंकबिच सहकार्य गर्ने सहमति

Oct 25, 2017 merolagani

ओम डेभलपमेन्ट बैंक(OMDBL)  र जर्मनको केएफडब्लु डेभलपमेन्ट बैंकले दिगो आर्थिक विकास कार्यक्रममा कर्जा लगानी गर्न सहकार्य गर्ने भएका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतीमा यी दुई राष्ट्रका डेभलपमेन्ट बैंकले सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयको तर्फबाट सह–सचिब लाल बहादुर खत्री, नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक उपेन्द्र पौडेल, ओमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र केएफडब्लु डेभलपमेन्ट बैंक लि.को प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख देखि ४० लाख सम्मको कर्जा लगानी गर्न १० बर्षको लागि रकम उपलब्ध गराउनेछ ।

उक्त कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, बृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाब्यता अध्ययन कार्यको लागि एक मिलियन युरो रकम सहयोग उपलब्ध गराउनेछ ।

यसरी प्रयोग गर्नुहोस मेराेलगानी डाटा एनालिटिक्स

केएफडब्लु जर्मनको सबैभन्दा ठुलो सरकारी डेभलपमेन्ट हो जसले बिगत ३ बर्षदेखि बिभिन्न चरण अन्तर्गत बैंकको स्थलगत निरिक्षण तथा बित्तीय बिवरणहरुको अध्ययन गरे पश्चात नेपालका बैंक तथा बित्तीय संस्थाहरुमध्ये पहिलो चरणमा ओमलाई सहकार्यको लागि छनौट गरेको हो ।

 

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।