कतारको दोहा बैंक र सिटिजन्स बैंकले गरे रेमिट्यान्स सम्झौता

Nov 13, 2017 Merolagani

सिटिजन्स बैंक र कतारको दोहा बैंक बीच विप्रे्रषण सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा एक कार्यक्रम बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कतारका लागी नेपालका राजदूत रमेश कोइरालाको उपस्थितिमा दुवै बैंकका प्रमुख कार्यकारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले हस्ताक्षर गरेका हुन् । 

सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सिटिजन्स बैंकबाट झिक्न सकिनेछ । मुलुकका ६६ स्थानमा रहेका सिटिजन्सका शाखाहरु र ४००० भन्दा बढी सहायक प्रतिनिधिहरुको सञ्जालबाट त्यस्तो रकम भुक्तानी लिन सकिने बताइएको छ ।

कतारका लागि नेपालका राजदूत रमेश कोइरालाले यो सम्झौता हुण्डी कारोबारलाई निरुत्शाहित गर्न कोशेढुंगाको रूपमा साबित हुने बताएका थिए । कार्यक्रममा बोल्दै दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंकसँग मिलेर काम गर्न इक्छूक रहेको उनको भनाई थियो । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सम्झौता कार्यान्वयनपछि नेपालको विप्रे्रषण व्यवसायलाई अझ व्यवस्थित बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

बैंकले मुलुकभरका ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।