चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आन्तरिक राजश्व २४ प्रतिशतले वृद्धि

Oct 27, 2017 merolagani

चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ ।

आन्तरिक राजश्व विभागका अनुसार गत आवको तुलनामा चालू आवको असोज महिनासम्मको राजश्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड ९९ लाख २२ हजार रहेकामा  ५१ अर्ब ६२ करोड ९७ लाख १३ हजार संकलन भएको हो ।

शीर्षकगतरुपमा आयकरतर्फ रु २० अर्ब ७३ लाख ८२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु १८ अर्ब ३२ करोड २७ लाख ५२ हजार र अन्तःशुल्कतर्फ रु १२ अर्ब ८१ करोड ९३ लाख ३८ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ १०३ प्रतिशत र अन्तःशुल्कतर्फ १०३ प्रतिशत हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु २० करोड २२ लाख ८४ हजार र रु २७ करोड ७९ लाख ५७ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्य सेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तःशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । आन्तरिक राजश्व विभागलाई चालु आवका लागि रु दुई खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।