इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७२/७३ मा सेयरधनीलाई वितरण गरेको २५ प्रतिशत बोनस सेयर अभौतिकिकरण गराईसकेका हितग्राही खातामा पठाईसकेको जनाएको छ । हालसम्म पनि भौतिक सेयर प्रमाणपत्र रहेका हकमा भने सेयरधनीलाई आफुसँग भएका सेयर प्रमाणपत्र डिम्याट गराईसकेपछि सिधै हितग्राही खातामा पठाउने जनाएको छ ।
बोनस सेयर भौतिक रुपमा वितरण गर्दा सेयरधनीलाई सेयर कारोबार गर्न पुन अभौतिक गर्नुपर्ने बाध्यता रहने भएकाले सिधै हितग्राही खातामा पठाउने व्यवस्था गरिएको कम्पनीको भनाई छ । यसअघि धितोपत्र बोर्डले सबै सूचीकृत संस्थालाई बोनस र हकप्रद सेयर प्रदान गर्न लगानीकर्ताको हितग्राही खातामा प्रदान गर्ने व्यवस्था गर्न /गराउन निर्देशन दिएको थियाे ।
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................