आजै सरकारको तर्फबाट शेयर बजारलाई सम्बोधन नभए आन्दोलन गर्ने

Apr 26, 2024 11:05 AM Merolagani

सरकारको तर्फबाट पूँजी बजारको विकासको लागि आज दिनभरमा कुनै सम्बोधन नभएमा आन्दोलनको घोषणा गर्ने तयारिमा लगानीकर्ताहरु लागेका छन् ।

शुक्रबार पूँजी बजारका लगानीकर्ता र अर्थमन्त्रालयका प्रतिनिधिहरु बिचमा दोस्रो चरणको छलफल हुँदैछ । उक्त छलफलले बजारको हित हुने सम्बन्धमा गरिएको माग सम्बोधन नभए आन्दोलनको मोडालिटी बनाएर अगाडि बढ्ने लगानीकर्ता उपेन्द्र पाठकले बताए ।

बिहीबार लगानीकर्ता र अर्थमन्त्रालयका प्रतिनिधि बिचमा पहिलो चरणको छलफल भएको थियो । उक्त छलफलमा पूँजी बजारको विकास र विस्तारको लागि सरकार गम्भिर रहेको र लगानी सम्मेलन पछि छलफल गरी आवश्यक निर्णय लिने प्रस्ताव गरेको थियो । तर बजार सुधारको लागि लगानी सम्मेलन पूर्व नै प्रतिवद्धता जनाउनु पर्ने अडानमा रहेको लगानीकर्ता उपेन्द्र पाठकले बताए ।

‘सरकारले पूँजी बजार सुधारको लागि द्रुत रुपमा काम गर्ने प्रतिवद्धता जनाईएको भएपनि कार्यान्वयन गरेन । विदेशीसँगै स्वदेशी लगानीकर्ताले सुरक्षित लगानीको वातावरण बन्नुपर्छ ।अहिले स्वदेशी लगानीकर्तालाई पलायन गरेर विदेशी लगानी कर्जा भित्रायाउन खोजिदैछ यो कुनै हालमा हुनहुँदैन,’ पाठकले भने । लगानीकर्ताहरुलाई लगानी सम्मेलन अगाडि आन्दोलनका कुनै पनि कार्यक्रम नगरिदिन अर्थमन्त्रालयले अनुरोध गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।