एफपीओ निष्काशन गर्ने सोचमा नेपाल बैंक

Dec 18, 2017 merolagani



चालु आर्थिक बर्षको पहिलो त्रैमासमै ९७ करोड  १३ लाख रूपैयाँ खुद नाफा कमाएर ४ अर्ब ७५ करोड जगेडा कोष बनाएर थप मजबुत बन्दै गरेको नेपाल बैंक (NBL) एफपीओ निष्काशन गर्ने सोचमा पुगेको छ । ६२ प्रतिशत सरकारी स्वामित्व रहेको बैंकले सरकारको अनुमति पाए आगामी साधारण सभामा एफपीओ निष्कासनको प्रस्ताव लग्ने योजना अघि सारेको छ ।



नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र प्रताप शाहले मेरोलगानीसँगको कुराकानीमा बैंकलाई स्वस्थ सबल संस्थाको रुपमा अगाडि बढाउन सरकारको सेयर स्वामित्व घटाएर सर्वसाधारणको स्वामित्व बढाउन एफपीओ निष्कासन गर्ने बारेमा छलफल भईरहेको जानकारी दिएका हुन् ।

शाहले बैंकको आगामी साधारण सभामा एफपीओ जारी गर्ने एजेण्डा राख्न लागिएको जानकारी दिएका छन् । कहिले आउँछ त एफपीओ भन्ने प्रश्नमा उनले यो विषय निकै संवेदनशिल विषय रहेको भन्दै सरकारी स्वामित्वको बैंक रहेकाले सरकारले सहमति दिनुपर्ने भएकाले अहिले नै कहिले आउँछ भनेर भन्नसक्ने अवस्था नरहेको बताए । एफपीओ जारी गर्ने कि नगर्ने कुराको अन्तिम निर्णय सरकारको हुने भएकोले बैंकको तर्फबाट मात्र यसै हुन्छ भन्नसक्ने अवस्था नरहेको उनको भनाई छ ।

सरकारी स्वामित्व घटाउन सेयर विनिवेश प्रकृया झण्झटिलो र लामो हुने भएकाले एफपीओको विकल्पमा जान चाहेको शाहले बताए । बैंकको नेटवर्थ र मार्केट भ्यालुलाई आधार मानेर प्रिमियम मूल्यमा नै एफपीओ जारी हुने र यसले बैंकलाई थप मजबुत बनाउने उनको भनाई छ ।

प्रमुख कार्यकारी अधिकृत शाहले बैंकको सेयरहोल्र्डस् इक्वीटी ३ अर्ब बाट १२ अर्बमा पुगिसकेको र एफपीओ आएमा बैंकलाई पूर्ण रुपमा सक्षम अवस्थामा पुर्याएर लगानीकर्तालाई लाभांश बाड्न सक्ने अवस्थामा पुग्ने बताए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब १६ करोड ६० लाख ४ हजार रुपैंया खुद नाफा कमाएको थियो विगत वर्षहरुमा ऋणात्मक जगेडाका कारण लगानीकर्तालाई कुनै लाभांस बितरण गर्न नसक्ने अवस्थामा रहेको बैंक अब लाभांस खुवाउन सक्ने अवस्थामा उक्लिएको छ । पहिलो त्रैमाससम्ममा बैंकको जगेडा कोषमा ४ अर्ब ७५ करोड ९३ लाख रुपैंया छ ।

चुक्ता पूँजी ८ अर्ब ४ करोड २६ लाख रुपैंया पुर्याएको बैंकको पहिलो त्रैमासको विवरण अनुसार प्रतिसेयर आम्दानी ४८ रुपैंया ३२ पैसा छ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।