टेलिया सोनेरालार्इ ६५ अर्ब कर तिराउन सरकारको १५ दिने अल्टिमेटम्

Jan 03, 2018 merolagani



नेपाल सरकारले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब ४० करोड रुपैयाँ कर चुक्ता गर्न सूचना जारी गरेको छ । ठूला करदाता कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दे उक्त अवधिमा कर नतिरेमा अन्य विधिबाट कर असुल उपर गर्ने चेतावनी समेत दिएको छ ।



कर कार्यालयले एनसेलको पुरानो माउ कम्पनी टेलिया सोनेरालाले हालको कम्पनी एक्जियटालाई स्वामित्व हस्तान्तरण गर्दाको पूँजीगत लाभकर बुझाउन भनेको हो । यसअघि गत जेठ १३ मा करदाता कार्यालयले टेलिया सोनेरालाइ कर तिर्न पत्रचार गरेपनि सम्पर्कमा नआएपछि १५ दिने सूचना जारी गरेको हो।

२०७२ चैत्रमा टेलिया सोनेरालाले एक्जियटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो । त्यत्तिबेला टेलियाले ६० अर्ब ७१ करोड रुपैयाँ नेपाल सरकारलाई पूँजीगत लाभाकर बापत बुझाउनु पर्ने देखिएको थियो । अहिले त्यसको ब्याज तथा हर्जाना समेत गरेर ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

सर्बोच्च अदालतले एनसेललाई २५ अर्ब रुपैयाँ लाभांश बिदेश लैजान बाटो खोलिदिएपछि ठूला करदाता कार्यालय बक्यौता रहेको कर असुलिमा लागेको हो । अहिले वित्तीय बजारमा एनसेलले ठूलो रकम बाहिर लैजाने भयो भन्दै तरलताको संकट देखा पर्न थालेको छ । यसै शिलसिलामा ठूला कर कार्यालयले ठूलो बक्यौता कर असुलीमा चासो देखाएको हो ।

साथै कर कार्यालयले १५ दिनभित्र उक्त पूँजीगत लाभकर नतिरेमा कर ऐन २०५८ अनुसार असुल उपर गरिने चेतावनी समेत दिएको छ । 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।