सन् २०१७ मा साढे ९ लाख विदेशी नेपाल भित्रिए, कुन देशबाट कति ?

Jan 04, 2018 merolagani



नविन ढुंगाना 

अंग्रेजी वर्ष सन् २०१७ मा साढे नौ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । पर्यटन र बिभिन्न काम विशेषले यो वर्ष ९ लाख ४० हजार २१८ जना विदेशी नागरिक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।

यो एक वर्षमा ९ लाख ४० हजार ६९३ जना विदेशी नागरिक नेपालबाट बाहिरीएका छन् । यो वर्ष पनि गत वर्ष जस्तै सबै भन्दा धेरै भारतीयहरु नेपाल भित्रिएका छन् । एक लाख ६० हजार ८३२ जना भारतीयहरु यो वर्ष नेपाल आएका थिए ।

ती मध्ये ५ हजार ४८ जना भारतीयहरुले डिसेम्बर ३१ सम्म नेपाल छोडेका छैनन् । भारत पछि नेपाल भित्रीने विदेशीको दोस्रो सूचमा चीन परेको छ । यो वर्ष चीनबाट १ लाख ४ हजार ६६४ जना नागरिक नेपाल भित्रिएका छन् । चीन पछि नेपाल आउने विदेशीहरुको तेस्रो सूचिमा अमेरिका परेको छ । यो वर्ष ७९ हजार १४६ जना अमेरिकन नागरिक नेपाल भित्रिएका छन् । अमेरिका पछि नेपाल भित्रिने नागरिकहरुमा बेलायतीहरु धेरै छन । यो वर्ष ५१ हजार ५८ जना बेलायती नेपाल भित्रिएका छन्।

यता श्रीलकांबाट ४५ हजार ३६१ जना नागरिक यो वर्ष नेपाल आएका छन् । ४८ जाना श्रीलंकनहरु अझै नेपाल मै छन । यो वर्ष कोलम्बीयबाट सबै भन्दा कम ९३८ जना कोलम्बीयन नागरिक नेपाल भित्रिए । उनीहरु मध्ये १८ जना अझै नेपाल मै छन्। अध्यामगने दिएको जनाकारी अनुसार भारतीय नागरिकहरु वैशाखदेखि असारसम्म प्रतिमहिना झण्डै २० हजारका दरले नेपाल आएका छन् । यता अमेरिका लगायतका अन्य देशका नागरिकहरु फागुन पहिलो सातादेखि वैशाख पहिलो सातासम्म र भाद्र अन्तिम साता देखि मंसिर दोस्रो सातासम्म धेरै मात्रामा नेपाल आएका र नेपालबाट बाहिरीएका छन्।

अध्यगमन विभागको तथ्याकं अनुसार यो वर्ष नेपाल भित्रिएका ५२ हजार ६४० जना विदेशी नागरिकको देशको नाम अन्य बताइएको छ । यो वर्ष पहिचान खुलेका ४७ देशका ८ लाख ८७ हजार ५७८ जना नागरिक नेपाल आए ।

विभागको तथ्याकं अनुसार ४७ देशका नागरिक लगभग बाह्रै महिना नेपाल आउने जाने गरेको भए पनि मार्चमा म्यानमारबाट एक जना पनि नागरिक नेपाल आएनन् भने बेल्जियामबाट जनावरीमा १ जना मात्र नेपाल भित्रिए । अधिकांश विदेशीहरु नेपालमा पर्यटन कै लागि आउने गरे पनि माथि उल्लेखित  तथ्याकं बिभिन्न उद्येश्यका लागि नेपाल भित्रिएका विदेशी नागरिकहरु सबै पर्यटनका लागि नेपाल आएका भने होईनन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।