प्रिमियर इन्स्योरेन्सकाे एफपिअाेमा ११ कित्ता सेयर पाउने यी हुन् पाँच भाग्यशाली

Feb 01, 2018 Merolagani



विहीबार बाँडफाँड भएको प्रिमियर इन्स्योरेन्स (PIC) काे एफपिअाे  प्राप्त गरेका ६५ हजार ९६२ जनामध्ये पाँच जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेका छन् । बाँकी ६५ हजार ९५१ जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरे । कुल एक लाख ८९ हजार ३२१ आवेदन परेको एफपीओ एक लाख २३ हजार ३७० जनाले सेयर प्राप्त गर्न सकेनन् ।

यसरी ११ कित्ता सेयर प्राप्त गर्नेहरुमा २० कित्ताका लागि आवेदन गर्ने तीन जना, ३० कित्ताका लागि आवेदन गर्ने एक जना, र एक सय कित्ता सेयरका लागि आवेदन गर्ने एक जना रहेका छन् ।

आयुष ओम मानन्धर, शंकर श्रेष्ठ, र दिवस श्रेष्ठले २० कित्ताका लागि आवेदन गर्दा ११ कित्ता सेयर पाए । आशिष रानाले ३० कित्ता र अच्युत प्रसाद अधिकारीले एक सय कित्ता सेयर आवेदन गर्दा पाँच भाग्यशाली भित्र परि ११ कित्ता सेयर प्राप्त सफल भएका हुन् ।

प्रिमियर इन्स्योरेन्सले बिहीबार बाँडफाँड गरेको थप नयाँ सेयरमा आवेदन गर्ने क्रममा लगानीकर्ताले सामान्य कुराको हेक्का नराख्ने गरेका कारण धेरै आवेदन रद्द भएको पाइएको छ । सेयर संख्या, हितग्राही खाता लगायतका विबरण सही नहुँदा २ हजार ८४६ जना आवेदकको आवेदन रद्द भएको हो ।

धेरै सेयर प्राप्त गर्ने लोभमा दोहोरो आवेदन गर्ने १२८ को आवेदन रद्द भएको छ । १० ले भाग नजाने संख्यामा आवेदन गरेका कारण ९२ जनाले सेयर प्राप्त गर्न सकेनन् । सबैभन्दा धेरै आवेदन रद्ध हुने मुख्य कारण डिम्याट खाताको गलत विबरण उपलब्ध गराउनु हो ।

गतल डिम्याट नम्बर राखि आवेदन गरेका कारण २ हजार ६२६ जनाको आवेदन रद्द भएपछि उनीहरु सेयर पाउने सम्भावनाबाट बञ्चित भएका हुन् ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।