एभरेष्ट होटलको सेयर विवादलाई सर्वोच्चले लगायो टुंगो, के भयो फैसला ?

Feb 05, 2018 Merolagani

भूकम्प पछि बन्द अवस्थामा रहेको पाँच तारे होटल एभरेष्टको सेयर विवादलाई सर्वोच्च अदालतले निर्णयमा पुर्याएको छ । प्रधानन्यायाधीस गोपालप्रसाद पराजुली र न्यायाधीस पुरुषेत्तम भण्डारीको आइतबारको इजलासले एभरेष्टको सेयरमा कायम पारिवारिक विवादलाई टुंगो लगाएको हो । 

सर्वोच्चले एभरेष्टे होटलका सञ्चालक मशकुर अहमद लारी र नज्मा अहमद लारीको पक्षमा फैसला सुनाएको हो । यो फैसलासँगै एभरेष्टका अर्का संस्थापक मकबुल अहमद लारीका छोरा मुजफ्फर अहमद लारीले नपाउने भएका छन् ।

सन् १९८१ देखि मकबुल अहमद लारीले झण्डै साढे तीन करोड रुपैयाँको पुँजीमा एभरेष्ट होटल सुरु गरेका थिए । उनले होटेलको आधा स्वामित्व आफ्नै भतिज मसकुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए ।

भूकम्पका कारण होटल बन्द भए पछि मकबुलका छोरा मुजफ्फर अहमद लारी र मकबुलका भतिज मसकुर अहमद लारीका बिचमा होटलको सेयर स्वामित्वको विवाद चर्किएको थियो । होटलका संस्थापक मकबुलको भारतको लखनउ बसाईका क्रममा निधन भएको थियो । उनले होटलमा आफ्ना छोरालाई प्रवेश नगराई भतिजालाई भित्र्याएका थिए । उनको निधनसँगै छोरा तथा श्रीमती र भतिजाको बिचमा होटलको स्वामित्व विवाद चुलिएको थियो । अदालतले मकबुलका भतिजको पक्षमा फैसला गरेको हो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।